हङकङका रेडियो प्रस्तोता ‘गिग्स’ पक्राउ « Khabarhub

हङकङका रेडियो प्रस्तोता ‘गिग्स’ पक्राउ


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ- ‘गिग्स’ भनेर चिनिने हङकङका रेडियो प्रस्तोता वान यिउ–सिङलाई प्रहरीले राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ गरेको छ ।

हङकङका युवा आन्दोलनकारीहरुलाई शहर छाडेर ताइवान भाग्न प्रेरित गरेको साथै उनीहरुका लागि भन्दै चन्दा उठाउन मद्दत गरेको अभियोगमा उनलाई पक्राउ गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले कालो धनलाई वैध बनाउने कार्य गरेको पनि आशंका गरिएको छ।

वानसँगै उनकी श्रीमती र एक सहयोगी पनि गिरफ्तार भएको बताइएको छ। वानले इन्टरनेटमा डी१०० च्यानलबाट शैक्षिक कार्यक्रम चलाउँदै आएका थिए ।

उनको कार्य हङकङको सुरक्षा कानून विपरीत भएको भन्दै उनलाई गिरफ्तार गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ९ : ०१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क