३८३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हँदै  « Khabarhub

३८३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हँदै 


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  देशभर हाल ३ सय ८३ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ३ सय ३६ संक्रमित आईसीयूमा र ४७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै आईसीयू र भेन्टिलेटर रहेको प्रदेशको सूचीमा बागमती पहिलो स्थानमा छ। बागमती प्रदेशमा मात्र १ सय २१ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यस्तै गण्डकी प्रदेशमा ८६ जना आईसीयूमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने लुम्बिनी प्रदेशमा ५६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी प्रदेश १ मा ४६ जना आईसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्रदेश २ मा ९ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा७ जना संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ३१ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया