३८३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हँदै  « Khabarhub

३८३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हँदै 


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  देशभर हाल ३ सय ८३ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ३ सय ३६ संक्रमित आईसीयूमा र ४७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै आईसीयू र भेन्टिलेटर रहेको प्रदेशको सूचीमा बागमती पहिलो स्थानमा छ। बागमती प्रदेशमा मात्र १ सय २१ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यस्तै गण्डकी प्रदेशमा ८६ जना आईसीयूमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने लुम्बिनी प्रदेशमा ५६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी प्रदेश १ मा ४६ जना आईसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्रदेश २ मा ९ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा७ जना संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ३१ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ