नेपाली दूतावास कुवेतका श्रमसहचारी ज्ञवालीको मृत्यु « Khabarhub

नेपाली दूतावास कुवेतका श्रमसहचारी ज्ञवालीको मृत्यु



दोहा- कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी वीपना ज्ञवालीको मृत्यु भएको छ ।

ब्लड क्यान्सर पीडित ज्ञवालीको स्वास्थ्य जटिल भन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना परीक्षण गरिएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको दूतावासले जनाएको छ ।

दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत ज्ञवालीको निधन प्रति दुःख व्यक्त गर्दै दूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीको परीवारजनमा  गहिरो समवेदना प्रकट गरेको छ ।

राजदूतावासले ज्ञवाली प्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामनासमेत गरेको छ ।

तीन महिनाअघि मात्र श्रम सहचारीको रुपमा कुवेत पुगेकी गुल्मीकी २८ वर्षीया ज्ञवाली अविवाहित हुन् । उनको शव आइतबार नै जजिरा एयरलाइन्समार्फत स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ०४ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा