लगातार चौथो जितपछि शीर्ष दुईमा रियल मड्रिड « Khabarhub

लगातार चौथो जितपछि शीर्ष दुईमा रियल मड्रिड


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौथो जित निकाल्ने क्रममा ईबरलाई पराजित गरेको छ ।

आइतबार राति घरेलु टोली इबरमाथि ३–१ को जित निकाल्दै रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब कायमै राखेको छ ।

मड्रिड क्लबका दुवै टोलीको समान २९ अंक छ । गोल अन्तरका आधारमा रियल भन्दा एट्लेटिको अघि छ ।

करिम बेन्जिमाले सुरुवातमै गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाएका थिए । रोड्रिगोको क्रसलाई सदुपयोग गर्दै बेन्जिमाले यस सिजन सातौ गोल पूरा गरे ।

लुका मोड्रिचले १३औँ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे ।

कप्तान किकी गार्सियाले इबरका लागि एक गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । दुवै टिमलाई दोस्रो हाफमा गोलको अवसर निकाल्न कठिन रह्यो ।

लुकास भाजकेन्जले इन्जुरी समयमा गोल गर्दै रियलको ३–१ को जित सुनिश्चित गरे ।

जितसहित जिनेदिन जिदानको रियल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले शहरी प्रतिद्धन्दी एट्लेटिको भन्दा दुई खेल बढी खेलेको छ । एट्लेटिको मड्रिडले मुख्य खेलमा मंगलबार रियल सोसिडाडसँग खेल्दैछ ।

सबै प्रतियोगितामा रियलले लगातार ५ खेलमा जित निकालेको हो । १४औँ स्थानको इबर रेलिगेशन जोनभन्दा एक अंकले माथि छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ४५ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।