लगातार चौथो जितपछि शीर्ष दुईमा रियल मड्रिड « Khabarhub

लगातार चौथो जितपछि शीर्ष दुईमा रियल मड्रिड


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौथो जित निकाल्ने क्रममा ईबरलाई पराजित गरेको छ ।

आइतबार राति घरेलु टोली इबरमाथि ३–१ को जित निकाल्दै रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब कायमै राखेको छ ।

मड्रिड क्लबका दुवै टोलीको समान २९ अंक छ । गोल अन्तरका आधारमा रियल भन्दा एट्लेटिको अघि छ ।

करिम बेन्जिमाले सुरुवातमै गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाएका थिए । रोड्रिगोको क्रसलाई सदुपयोग गर्दै बेन्जिमाले यस सिजन सातौ गोल पूरा गरे ।

लुका मोड्रिचले १३औँ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे ।

कप्तान किकी गार्सियाले इबरका लागि एक गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । दुवै टिमलाई दोस्रो हाफमा गोलको अवसर निकाल्न कठिन रह्यो ।

लुकास भाजकेन्जले इन्जुरी समयमा गोल गर्दै रियलको ३–१ को जित सुनिश्चित गरे ।

जितसहित जिनेदिन जिदानको रियल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले शहरी प्रतिद्धन्दी एट्लेटिको भन्दा दुई खेल बढी खेलेको छ । एट्लेटिको मड्रिडले मुख्य खेलमा मंगलबार रियल सोसिडाडसँग खेल्दैछ ।

सबै प्रतियोगितामा रियलले लगातार ५ खेलमा जित निकालेको हो । १४औँ स्थानको इबर रेलिगेशन जोनभन्दा एक अंकले माथि छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ४५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले