८०० वर्षपछिको यो दुर्लभ संयोग : आज राति बृहस्पति र शनिलाई सहजै देख्न सकिने « Khabarhub

८०० वर्षपछिको यो दुर्लभ संयोग : आज राति बृहस्पति र शनिलाई सहजै देख्न सकिने


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौर्यमण्डलमा आज एक दुर्लभ संयोग हुँदैछ । जुन ८०० वर्षपछि हुन लागेको हो ।

खगोलविदले जनाएअनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् ।

यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन् ।

सूर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई मुलुकका जुनसुकै ठाउँबाट देख्न सकिने उनीहरुको भनाइ छ ।

यस्तो घटना हरेक साढे १९ वर्षको अन्तरालमा हुने भए पनि आजको यो संयोग अझ बढी दुर्लभ भएको उनीहरुको दाबी छ ।

किनकी अरुबेला पृथ्वीबाट सामान्य अवस्थामा यो देख्न सकिँदैनथ्यो । तर अहिले यी दुई ग्रह पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा रहने हुँदा सहजै अवलोकन गर्न सकिने जनाइन्छ ।

सन् १६२३ मा पनि बृहस्पति र शनि यस्तै नजिकको दूरीमा आएका थिए । तर त्यतीबेला भने पृथ्वीबाट हेर्न मिल्ने अवस्था थिएन ।

अब यस्तो घटना कम्तिमा ६० बर्षसम्म नहुने र सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने नासाले जनाएको छ ।

-एस्ट्रोलोजर राज

ज्योतिष एस्ट्रोलोजर राजले फेसबुकमा लेखेका छन्-

सबैभन्दा नजिकको दूरीमा देखिँदै बृहस्पति र शनि, पृथ्वीबाट नांगो आँखाले हेर्न सकिने

सौर्यमण्डलमा आज एक दुर्लभ संयोग…

Posted by Astrologer Raj on Sunday, 20 December 2020

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ०९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार