सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन « Khabarhub

सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो ।

पछिल्लो छ महिनामा ४८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा रु तीन लाख आठ हजार ५०० राजस्व जम्मा भएको हो । उक्त अवधिमा १२ ट्रक, ५० ट्र्याक्टर, ३०३ मोटरसाइकल र १४ अटोका चालक कारबाहीमा परेका छन् ।

बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् । अघिल्लो आवमा रु छ लाख ९४ हजार ५०० राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।

यस्तै पछिल्लो छ महिनाको अवधिमा सात वटा दुर्घटना भएका छन् । ट्र्याक्टर तीन, जीप तीन र एउटा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई पुरुषको ज्यान गएको सात जना घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ५९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले