२४ घण्टामा ७४२ कोरोना संक्रमित थपिए, ७ को मृत्यु « Khabarhub

२४ घण्टामा ७४२ कोरोना संक्रमित थपिए, ७ को मृत्यु


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।

यसअघि शनिबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ थियो ।

पछिल्लो २४ घण्टामा थप १०७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४४ हजार ७४३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९५ पुगेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ४ : १७ बजे

सरकारका राम्रा कामको समर्थन गर्छौँ : राप्रपा नेता शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल

बेरूत- दक्षिणी लेबनानमा हिजबुल्लाहको एक आक्रमणमा ट्यांक बटालियन कमान्डरसहित चारजना

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं– सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण

सुरु भयो राप्रपा केन्द्रीय समिति बैठक, सहभागिताको विषयमा विवाद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज

रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर

मनाङ– पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ ।