कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक, तीन दलका नेताहरुबीच छलफल जारी « Khabarhub

कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक, तीन दलका नेताहरुबीच छलफल जारी


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेपाली कांग्रेसलेले आह्वान गरेको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ ।

बैठकमा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पनि कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् ।

बैठकमा जसपाका नेताहरु पनि सहभागी भएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै यी तीन दलका नेताहरु भेला भएर ओलीको कदमविरुद्ध एक भएर लड्ने निष्कर्ष निकालेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको कदमविरुद्ध कसरी संघर्ष गर्नेबारे छलफल हुने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनकाे विरुद्धमा रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल जारी रहेको उने जानकारी दिए ।

छलफलमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक काेइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र साेनल सहभागी छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ५ : २२ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन