बालबालिकालाई अधिक पोषणयुक्त खानेकुरा खुवाउँदा विभिन्न रोगको जोखिम « Khabarhub

बालबालिकालाई अधिक पोषणयुक्त खानेकुरा खुवाउँदा विभिन्न रोगको जोखिम


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई आवश्यक पोषण तत्वहरु पुगेन भने बालबालिकाहरुमा कुपोषण हुने तथा विभिन्न किसिमका रोग तथा संक्रमणको जोखिम हुने गर्छ ।

कुपोषण भएमा बालबालिकाको शरीरको तौल कम हुने, छाला खुम्चिएर चाउरी पर्ने गर्छ । यस्तै कुपोषण भएको बालकालिकालाई झाडापखला लाग्ने गर्छ ।

यो त भयो बालबालिकालाई सही मात्रामा पोषक तत्व नपुग्दा हुने असरहरु । तर, तपाईंलाई थाहा छ ? पोषण तत्व भएका खानेकुरा धेरै खुवाउदा पनि बालबालिकाको स्वास्थ्यमा असर पुर्‍याउँछ ।

धेरै पोषणयुक्त खानेकुरा खान दिदैमा बालबालिका स्वास्थ्य हुँदैनन् । बालबालिकालाई स्वस्थ राख्नका लागि सन्तुलित मात्रामा पोषक तत्व भएका खानेकुरा खुवाउनुपर्छ ।

उमेर अनुसार शरीरलाई आवश्यक पर्ने पोषक तत्व बढी भएमा शरीरमा विभिन्न किसिमका विकृतिहरु पैदा हुन्छ । पोषक तत्व बढी हुनु भनेको अधिक पोषण हुनु हो ।

अधिक पोषणले हुने स्वास्थ्य समस्या

मोटोपना

बालबालिकालाई उनीहरुको उमेरबारे ख्याल नै नगरी धेरै पोषणतत्व भएको खाना खुवाउँदा बालबालिकामा मोटोपनाको समस्या देखिन्छ । बाल्यकालदेखि नै मोटोपनाको समस्या भएमा त्यस्ता बालबालिकालाई पछि विभिन्न किसिमका रोगहरुको जोखिम उच्च हुन्छ ।

मुटुरोग

बालबालिकालाई पोषण तत्व बढी भएमा उनीहरुलाई मुटुरोगको जोखिम उच्च हुन्छ । बालबालिकालाई मुटुरोगबाट बचाउँन उनीहरुको उमेर अनुसार आवश्यक पर्ने मात्रा खाना खुवाउनुपर्छ ।

उच्च रक्तचाप

अधिक पोषणले बालबालिकामा उच्च रक्तचापको समस्या देखिन्छ ।

मधुमेह

बालबालिकाको शरीरलाई आवश्यक पर्ने भन्दा बढी पोषण तत्व भएमा उनीहरुमा मधुमेहको समस्या बाल्यकालदेखि नै देखिन सक्ने सम्भावना अधिक हुन्छ । सानोमा धेरै मोटोपना भएको बालबालिकामा वयस्कमै मधुमेह हुने सम्भावना बढी हुन्छ ।

जोर्नी तथा पिठ्यु दुख्ने

अधिक पोषणले बालबालिकाको शरीरमा अनावश्यक मांशपेसीको मात्र बढ्छ । तर उनीहरुको शरीरमा हड्डीको विकास उमेर अनुसार नै भइरहेको हुन्छ । जसले गर्दा बालबालिकामा जोर्नी तथा पिठ्यु दुख्ने समस्या हुन्छ ।

हाड जोर्नी

अधिक पोषणले बालबालिका धेरै मोटा हुन्छन् । जसले गर्दा बालबालिकामा हाडजोर्नीको समस्या देखिन सक्छ ।

पित्तथैली र पाचन प्रणाली सम्बन्धी समस्या

अधिक पोषणले बालबालिकाको पित्तथैली र पाचन प्रणालीमा समस्या ल्याउँछ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : ०६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ