‘बुध प्रदोष’ व्रत बस्नाले हुन्छ मनोकामना पूरा (व्रत विधिसहित) « Khabarhub

‘बुध प्रदोष’ व्रत बस्नाले हुन्छ मनोकामना पूरा (व्रत विधिसहित)


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

धार्मिक आस्था राख्ने मानिसहरु व्रत बस्छन् । विभिन्न किसिमका व्रत मध्ये ‘बुध प्रदोष’ व्रत पनि एक हो । बुध भनेको बुधबार र प्रदोष भनेको त्रयोदशी हो ।

त्यसैले बुध प्रदोषको व्रत बस्तानले मानिस सुखी, सन्तोषी बन्छन् । बारअनुसार जुन प्रदोष व्रत गरिन्छ सोही अनुसार उसले फल प्राप्त गर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

जुन प्रदोष व्रत बुधवारका दिन पर्छ उक्त व्रतलाई ‘बुध प्रदोष व्रत’ वा ‘सौम्यवार प्रदोष व्रत’ पनि भनिन्छ ।

बुधबारका दिन प्रदोष व्रत बसेमा उपासकका सबै कामना पूरा हुने विश्वास गरिन्छ । तर, यसका लागि केही विधि र तरिका भने अपनाउनुपर्छ । जुन पूजाविधिबारे यहाँ उल्लेख गरिएको छ ।

बुध (सौम्यवारा) प्रदोष व्रतको पूजा विधि

व्यापारमा वृद्धिको लागि

माटोका तीन दियोमामा सरसोंका केही दाना, तिल, नुन मिसाएर आफ्नो व्यापार स्थलमा राख्नुपर्छ । यसो गर्नाले व्यापारमा वृद्धि हुनुका साथै व्यापार स्थलमा भएका दोषहरु निवारण हुन्छन् भन्ने धार्मिक विश्वास गरिन्छ ।

विद्यार्थीहरुले के गर्ने ?

धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार रातो खुर्सानीको बियाँ निकालेर यसलाई शुद्ध पानीमा मिसाउनुपर्छ ।

दिनको कुनै पनि समय उक्त जल सूर्यलाई अर्पण गर्नुपर्छ । यसले डिप्रेशनको समस्या निवारण हुन्छ भने विद्यार्थीहरुमा सकारात्मक भावनाहरु पैदा हुने गर्छन् ।

महिलाहरुका लागि यस्तो विधि

एउटा रातो रंगको कागज लिनुहोस् । यसलाई तीनै भुजा बराबर हुनेगरी त्रिभुजाकार रुपमा काट्नुपर्छ । उक्त त्रिभुज आरको कागजको टुक्रालाई बारम्बार देखिने गरी घरको कुनै स्थानमा खाख्नुस् ।

यसको प्रभावस्वरुप तपाईको ‘मणिपुर चक्र’ पूरा हुनेछ । यसले तपाईमा साहस एवं आत्म विश्वास बढाउन मद्दत गर्नेछ भने तपाइमा सकारात्मक सोचको भावना बढ्नेछ ।

कुनै काम हुन न सकेको अवस्थामा

यदि तपाईंका कुनै काम पूरा हुन सकेको छैन । सरकारी वा निजी कार्यालयले तपाईको कामका लागि अल्झाइरहेको छ , जसका कारण तपाईलाईं दुःख कष्ट व्यहोर्नुपरिरहेको छ ? यी सम्पूर्ण समस्याको निवारणका लागि पहेलो तोरी (सरसों)लाई दूधले घोलेर हवन गर्नुपर्छ । हवन गर्नाले तपाईंको काम पूरा हुनुका साथै दुःख कष्ट दूर हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ०० बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता