गाउँपालिकाको जीप सिक्ने क्रममा दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु, तीन जना घाइते « Khabarhub

गाउँपालिकाको जीप सिक्ने क्रममा दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु, तीन जना घाइते


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– नवरपरासिको हुप्सेकोट गाउँपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु र दुई जना घाइते भएपछि तनावको अवस्था उत्पन्न भएको छ । दुर्घटना भएपछि त्यसको विरोधमा हुप्सेकोट गाउँपालिका तनावग्रस्त बनेको हो ।

गाउँपालिकाको ग १ झ ३८९ नम्बरको जीपले ठक्कर दिँदा पाँच वर्षीय बालक दीपु गाहाको निधन भएको भने भने उनी आमा वर्ष २७ मीना गाहा,५५ वर्षीय भीमबहादुर लुङ्गेली र अर्का एक जना घाइते भएका छन् ।

स्थानीयले सवारी चालकलाई पक्राउ गर्नु पर्ने र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे आएर घटनाको बारेमा सम्वोधन गर्न माग गरेको भए पनि दुवै माग पूरा नभएपनि स्थानीय विरोधमा उत्रिएका हुन् ।

विरोधका बीच कार्यालय समय सकिएर रातको समयमा दुई जना कर्मचारीले कार्यालय खोलेपछि स्थानीयले उनीहरुलाई कार्यालय भित्रै राखेर ताला लगाइदिएको थियो । ताला विहान पख प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।

सिक्ने क्रममा गाडी दुर्घटनामा परेको स्थानीयले आरोप लगाएका छन् ।

हुप्सेकाट गाउँपालिकाका उपाध्यक्ष कोपिला मल्ललाई छाडेर आउने क्रममा गाडी दुर्घटनामा परेको भनेर प्रचार गरिए पनि गाडी सिक्ने क्रममा दुर्घटना भएको स्थानीयले दाबी गरेका छन् ।

गाडी चालक नभएको र गाउँपालिकाका अधिकृत शिव सुवेदीले सिक्ने क्रममा दुर्घटना भएको जनाइएको छ । गाडी दुर्घटनामा परि पाँच वर्षीय बालकको ज्यान गएको छ भने अन्य दुई जना घाइते छन् । गाडी दुर्घटनामा परेपछि सुवेदी भने फरार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : ४४ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि