गाउँपालिकाको जीप सिक्ने क्रममा दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु, तीन जना घाइते | Khabarhub Khabarhub

गाउँपालिकाको जीप सिक्ने क्रममा दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु, तीन जना घाइते


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– नवरपरासिको हुप्सेकोट गाउँपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु र दुई जना घाइते भएपछि तनावको अवस्था उत्पन्न भएको छ । दुर्घटना भएपछि त्यसको विरोधमा हुप्सेकोट गाउँपालिका तनावग्रस्त बनेको हो ।

गाउँपालिकाको ग १ झ ३८९ नम्बरको जीपले ठक्कर दिँदा पाँच वर्षीय बालक दीपु गाहाको निधन भएको भने भने उनी आमा वर्ष २७ मीना गाहा,५५ वर्षीय भीमबहादुर लुङ्गेली र अर्का एक जना घाइते भएका छन् ।

स्थानीयले सवारी चालकलाई पक्राउ गर्नु पर्ने र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे आएर घटनाको बारेमा सम्वोधन गर्न माग गरेको भए पनि दुवै माग पूरा नभएपनि स्थानीय विरोधमा उत्रिएका हुन् ।

विरोधका बीच कार्यालय समय सकिएर रातको समयमा दुई जना कर्मचारीले कार्यालय खोलेपछि स्थानीयले उनीहरुलाई कार्यालय भित्रै राखेर ताला लगाइदिएको थियो । ताला विहान पख प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।

सिक्ने क्रममा गाडी दुर्घटनामा परेको स्थानीयले आरोप लगाएका छन् ।

हुप्सेकाट गाउँपालिकाका उपाध्यक्ष कोपिला मल्ललाई छाडेर आउने क्रममा गाडी दुर्घटनामा परेको भनेर प्रचार गरिए पनि गाडी सिक्ने क्रममा दुर्घटना भएको स्थानीयले दाबी गरेका छन् ।

गाडी चालक नभएको र गाउँपालिकाका अधिकृत शिव सुवेदीले सिक्ने क्रममा दुर्घटना भएको जनाइएको छ । गाडी दुर्घटनामा परि पाँच वर्षीय बालकको ज्यान गएको छ भने अन्य दुई जना घाइते छन् । गाडी दुर्घटनामा परेपछि सुवेदी भने फरार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : ४४ बजे

आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा भएका आदिवासी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँ : वित्त आयोग

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति

नागरिक सहभागिता सुनिश्चित गरी कानुन बनाइरहेका छौँ : मन्त्री चौरसिया

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नागरिकको सहभागिता

थामिनसक्नु गर्मीमा काकाकुल वीरगञ्ज, पानी बाँड्दै सेना (तस्बिरहरू)

वीरगञ्ज- मधेश प्रदेश अहिले सुख्खा र खडेरीको चर्को चपेटामा परेको

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं- ताप्लेजुङ र कञ्चनपुरका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान