श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ « Khabarhub

श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको आरोपमा नौ भारतीय माझीलाई पक्राउ गर्नुका साथै उनीहरूले प्रयोग गरेको माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको छ । नौसेनाका अनुसार बुधबार राति देशको उत्तरी क्षेत्र तालाइमन्नारस्थित उरुमलाई प्वाइन्टनजिकै गस्ती गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरू सवार डुङ्गाले अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा पार गरी श्रीलङ्काको जल क्षेत्रमा प्रवेश गरेको नौसेनाले जनाएको छ । पक्राउ परेका माझीहरूले समुद्री सतह तथा समुद्री पारिस्थितिक प्रणालीमा क्षति पु¥याउन सक्ने ‘बटम ट्रलिङ’ विधिबाट माछा मारिरहेको पाइएको नौसेनाको भनाइ छ ।

पक्राउ परेका नौ माझी र नियन्त्रणमा लिइएको डुङ्गालाई थप कानूनी कारबाहीका लागि मन्नारका मत्स्य निरीक्षकसमक्ष बुझाइनेछ । मन्नार टापु र एडम ब्रिज आसपासको मन्नारको खाडी समुद्री जैविक विविधता तथा संरक्षणका दृष्टिले महत्त्वपूर्ण क्षेत्र मानिन्छ । यस क्षेत्रको पारिस्थितिक महत्त्वलाई ध्यानमा राख्दै विशेष मत्स्य व्यवस्थापन तथा वातावरणीय नियम लागू गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ५ : ०० बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०