कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् « Khabarhub

कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस्


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन, अमेरीका  लगायतका देशहरुमा कोरोना भाइसरसको संक्रमण फैलिएको छ । ती देशहरुबाट स्वदेश फर्किने नेपाली तथा विदेशी पर्यटकहरुसँग कोरोना भाइरस पनि नेपाल भित्रिन सक्ने विशेषज्ञहरुको आशंका छ ।

यदी नेपालमा कोरोना भाइरसको संक्रणम देखिएमा कसरी साबधानी अपनाउने ? आज हामी तपाईलाई कोरोना भाइरसको बारेमा जानकारी दिदैछौं ।

कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने डा पाण्डे बताउँछन् । डा पाण्डेका अनुसार कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,

–छिटोछिटो सास फेर्नु,

–सास फेर्न गाह्रो हुने,

–समयमा उपचार नभएका निमोनिया हुनु,

–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,

– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

–मासु र अण्डा राम्रोसँग पकाएर खाने,

–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ३० बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।