कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् | Khabarhub Khabarhub

कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस्


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन, अमेरीका  लगायतका देशहरुमा कोरोना भाइसरसको संक्रमण फैलिएको छ । ती देशहरुबाट स्वदेश फर्किने नेपाली तथा विदेशी पर्यटकहरुसँग कोरोना भाइरस पनि नेपाल भित्रिन सक्ने विशेषज्ञहरुको आशंका छ ।

यदी नेपालमा कोरोना भाइरसको संक्रणम देखिएमा कसरी साबधानी अपनाउने ? आज हामी तपाईलाई कोरोना भाइरसको बारेमा जानकारी दिदैछौं ।

कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने डा पाण्डे बताउँछन् । डा पाण्डेका अनुसार कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,

–छिटोछिटो सास फेर्नु,

–सास फेर्न गाह्रो हुने,

–समयमा उपचार नभएका निमोनिया हुनु,

–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,

– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

–मासु र अण्डा राम्रोसँग पकाएर खाने,

–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ३० बजे

लस एन्जलस प्रदर्शनमा ट्रम्पको पक्षमा मस्क

वाशिङ्टन – गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अत्यन्त खराब

गर्मीमा बेसार खाँदा हुन्छन् यस्ता फाइदा

काठमाडौं– आयुर्वेदमा बेसारलाई निकै फाइदाजनक खानेकुरा मानिन्छ । भान्सामा सहजै

मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

मुस्ताङ– मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा