सभामुखका विषयमा सिंगो राष्ट्र एक भइसक्यो, माइतीघरमा दुःख नगर्दा हुन्छः प्रचण्ड | Khabarhub Khabarhub

सभामुखका विषयमा सिंगो राष्ट्र एक भइसक्यो, माइतीघरमा दुःख नगर्दा हुन्छः प्रचण्ड


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखमा सिफारिस अग्निप्रसाद सापकोटाका विषयमा मानवअधिकारवादीहरुले माइतीघरमा गरेको प्रदर्शनको कुनै तुक नभएकाे तर्क गरेका छन् ।

बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न मानवअधिकारवादीहरुलाई आग्रह गरेका हुन् ।

प्रचण्डले भने,‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा ।’

प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतिघरमा दुःख नगर्न मानवअधिकारवादीहरुलाई प्रचण्डले सुझाव दिए ।

बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

यसैबीच फरक प्रसंगमा अध्यक्ष दाहालले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नेकपामै मिल्न आउन आग्रह समेत गरे । उनले देशलाई अब सबै मिलेर समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अलग–अलग भएर बस्नुको औचित्य नहुने बताएका थिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : ३० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार