मेडिकल कलेज सञ्चालनको प्रारुप छिट्टै ल्याइने : मन्त्री ढकाल | Khabarhub Khabarhub

मेडिकल कलेज सञ्चालनको प्रारुप छिट्टै ल्याइने : मन्त्री ढकाल


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढीः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने विषयमा चाँडो निर्णय गरिने बताएका छन् ।

निर्माणाधीन उक्त मेडिकल कलेजका संरचनासम्बन्धी कामको आज स्थलगतरूपमा निरीक्षण गर्दै मन्त्री ढकालले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताए ।

मन्त्री ढकालसँगै निरीक्षणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि उक्त कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताएका थिए । सो अवसरमा कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले निर्माणको भौतिक प्रगतिबारेमा जानकारी गराए ।

कार्यकारी निर्देशक साउदले भने, “आगामी एक वर्षभित्र कलेजले अस्पताल सञ्चालन गरिसक्ने गरी काममा तीव्रता दिइएको छ ।” सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको उक्त निर्माणाधीन मेडिकल कलेजका संरचना निर्माणमा पछिल्लो समयमा तीव्रता आएको छ ।

अहिलेसम्म ६५ प्रतिशतभन्दा बढीको भौतिक निर्माण पूरा भइसकेको छ । निर्माणस्थलमा विभिन्न २३ वटा संरचना निर्माणाधीन रहेकामा तीन तले कलेज भवन र तीन तले प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ ।

चालू वर्षमा पर्खाल, आन्तरिक सडक, फोहर व्यवस्थापन, पानी आपूर्तिको व्यवस्थापन, थप छात्रवास भवन, फर्निचरको काम, अस्पतालका उपकरण खरीदलगायतका कामसमेत गर्न लागिएको छ ।

चालू वर्षमा कलेजका सबै कामका लागि रु एक अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । नेपाल सरकारले यो कलेज सञ्चालनको प्रारुप (मोडेल) का बारेमा विधेयक तयार पारेर कानूनी परामर्शसमेत गरिरहेको बताइएको छ । सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा प्रक्रियागत ढिलाइका कारण निर्माण भने तीन वर्षअघिदेखि मात्रै शुरु गरिएको थियो ।

निर्माणस्थलमा अस्पताल, कलेज, दुई छात्रावास, प्रशासनिक भवन, चिकित्सक र कर्मचारीका लागि आवासगृहलगायतका २३ संरचना निर्माणधीन छन् । गेटा मेडिकल कलेज ६०० श्ययाको निर्माण गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : १५ बजे

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा

पोखरामा कुटपिटबाट एकको मृत्यु

कास्की– पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु

एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९

सरकारलाई नैनसिंह महरको प्रश्न- तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

छठ पर्वले बजारमा केराको माग बढ्यो

धनुषा– छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा