मेडिकल कलेज सञ्चालनको प्रारुप छिट्टै ल्याइने : मन्त्री ढकाल « Khabarhub

मेडिकल कलेज सञ्चालनको प्रारुप छिट्टै ल्याइने : मन्त्री ढकाल


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढीः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने विषयमा चाँडो निर्णय गरिने बताएका छन् ।

निर्माणाधीन उक्त मेडिकल कलेजका संरचनासम्बन्धी कामको आज स्थलगतरूपमा निरीक्षण गर्दै मन्त्री ढकालले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताए ।

मन्त्री ढकालसँगै निरीक्षणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि उक्त कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताएका थिए । सो अवसरमा कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले निर्माणको भौतिक प्रगतिबारेमा जानकारी गराए ।

कार्यकारी निर्देशक साउदले भने, “आगामी एक वर्षभित्र कलेजले अस्पताल सञ्चालन गरिसक्ने गरी काममा तीव्रता दिइएको छ ।” सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको उक्त निर्माणाधीन मेडिकल कलेजका संरचना निर्माणमा पछिल्लो समयमा तीव्रता आएको छ ।

अहिलेसम्म ६५ प्रतिशतभन्दा बढीको भौतिक निर्माण पूरा भइसकेको छ । निर्माणस्थलमा विभिन्न २३ वटा संरचना निर्माणाधीन रहेकामा तीन तले कलेज भवन र तीन तले प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ ।

चालू वर्षमा पर्खाल, आन्तरिक सडक, फोहर व्यवस्थापन, पानी आपूर्तिको व्यवस्थापन, थप छात्रवास भवन, फर्निचरको काम, अस्पतालका उपकरण खरीदलगायतका कामसमेत गर्न लागिएको छ ।

चालू वर्षमा कलेजका सबै कामका लागि रु एक अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । नेपाल सरकारले यो कलेज सञ्चालनको प्रारुप (मोडेल) का बारेमा विधेयक तयार पारेर कानूनी परामर्शसमेत गरिरहेको बताइएको छ । सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा प्रक्रियागत ढिलाइका कारण निर्माण भने तीन वर्षअघिदेखि मात्रै शुरु गरिएको थियो ।

निर्माणस्थलमा अस्पताल, कलेज, दुई छात्रावास, प्रशासनिक भवन, चिकित्सक र कर्मचारीका लागि आवासगृहलगायतका २३ संरचना निर्माणधीन छन् । गेटा मेडिकल कलेज ६०० श्ययाको निर्माण गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : १५ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४