गर्भवती श्रीमतीको कोशेली लिन श्रीमान जान थाले « Khabarhub

गर्भवती श्रीमतीको कोशेली लिन श्रीमान जान थाले


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको जानकी गाउँपालिकाले ४०० गर्भवतीलाई पोषण उपहार प्रदान गरेको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो ।

उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र रु एक हजार नगद रहेका छन् । अमरावतिकी जमुनाकुमारी चौधरीले गाउँपालिकाले गर्भवतीको स्वास्थ्यमा ध्यान गर्न सन्देश दिएको बताए ।

‘पोषण उपहार संगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा र खानपानबारे समेत जानकारी पायौँ,’ उनले भने, ‘यो कार्यक्रमले घरपरिवारलाई समेत गर्भवतीको स्वास्थ्यमा सचेत रहन सजग गराउँछ ।’

वन्देविपुरकी रीता विष्ट गर्भवती हुन । उनीसँगै कोशेली बुझ्न उनका श्रीमान् पनि साथमा पुगेका थिए । ‘मेरो श्रीमती गर्भवती भएको सात महिना भयो । यहाँ आएपछि मैले धेरै जानकारी पाए,’ रीताका श्रीमान् विष्टले भने, ‘अब म मेरो श्रीमतीको खानपानमा पूरै ध्यान दिन्छु, उनीलाई चाहिने आराम, वातावरणबारे पनि म सचेत हुन आवश्यक रहेछ ।’

गाउँपालिकाले आमा र बच्चाको पोषणमा सुधार ल्याउन र मातृशिशु मृत्युदर घटाउन सहयोग पुर्‍याउन कोशेली कार्यक्रम शुरुवात गरेको हो । कोशेली वितरणका लागि सात लाख विनियोजन गरेको छ ।

गाउँपालिकाले दुई चरणमा कोशेली दिने तयारी गरेको छ । पहिलो चरणमा फागुन दोस्रो चरणमा जेठ मसान्तमा कोशेली दिइने गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए ।

‘ग्रामीण महिला गर्भावस्थामा खानपानमा ध्यान दिँदैनन्,यसले बच्चा र आमाको स्वास्थ्यमा असर गर्छ,’ उनले भने, ‘सचेतना फैलाउने उद्देश्यका साथ कोशेली दिन थालेका हौँ । एक दिन मात्र दिएर पोषण वृद्धि त हुँदैन तर, महिला र तिनका परिवार सचेत हुन सक्छन् ।’

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ८ : २३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि