मृगौला जोगाउन खानपानमा ध्यान दिउँ « Khabarhub

मृगौला जोगाउन खानपानमा ध्यान दिउँ


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शरीरलाई स्वस्थ तथा सक्रिय बनाउन मृगौलाले रगत फिल्टर गरी सफा बनाउँछ । जसका कारण शरीर स्वस्थ हुने गर्दछ । तर मानिस त्यहि मृगौलालाई नै स्वस्थ्य हुन दिदैनन् ।

खराब जीवनशैली र गलत खानपानका कारण धेरै मानिसमा मृगौलासम्बन्धी समस्या हुने गरेको छ । तर मानिसले केहि आचरण सुधार गरेमा मात्र पनि मृगौला स्वस्थ बनाउन सकिन्छ ।

मृगौला कसरी स्वस्थ राख्ने त ?

१. प्रशस्त पानी पिउने
मृगौला स्वस्थ राख्न हामीले प्रशस्त मात्रामा पानी पिउनुपर्छ। दैनिक ४ लिटर भन्दा बढि पानी पिउने मानिसमा मृगौलाको रोग लाग्ने संभावना न्युन हुन्छ । पानीले शरीरमा भएको खराब तत्वलाई पिसाबको माध्यमले बाहिर निकाल्छ ।

२. चिनी, नुन कम खाने
मृगौला स्वस्थ्य राख्न हामीले सहि आहार खानु जरुरी हुन्छ। खानामा चिनी तथा नुनको मात्रा आवश्यकभन्दा बढी हुनु हुदैन। खन्यथा नुन वा चिनिको बढी प्रयोगले मृगौलाको कार्यक्षमता ह्रास आउँछ। तसर्थ मिठाई, चकलेट, केक, पेस्ट्री, अचार, पापडजस्ता चीजको सेवन सीमित मात्रामा गर्नुपर्छ।

३. कुलत त्याग्ने
कतिपय मानिसमा बिभिन्न प्रकारका कुलत हुने गर्दछन् । तर यस्ता कुलतले मानिसको मृगौलामा नकारात्मक असर पार्दछ । मुलत धूमपान तथा मद्यपानले मृगौलालाई हानी पुर्‍याउने काम गर्दछ ।

४. जताभावि औषधि सेवन नगर्ने
आजकल अधिकाशं मानिस कुनै पनि रोग वा बिरामी लागेमा आफुखुसी औषधि किनेर खाने गर्दछन् । तर यसरी आफुखुसी औषधि खादाँ वा आवश्यकता भन्दा बढि मात्रामा औषधि सेवन गर्दा पनि मृगौलामा असर पर्दछ ।

५. सन्तुलित भोजन गर्नु
हामीले शरीरलाई आवश्यकता हुने गरी मात्र भोजन गर्नुपर्दछ । तर मानिसहरु खानपानको मामलामा निकै लापरबाह हुने गर्दछन् । तसर्थ हरेक दिन दाल, हरियो तरकारी, पुर्ण भिटामिनयुक्त फल, आइरन तथा क्यालसियमयुक्त खाना खानु पर्दछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : १४ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने