अफ्रिकामा कोरोनाभाइरस संक्रमण व्यवस्थापनका लागि तयारी नभएको भन्दै डब्लूएचओको चासो « Khabarhub

अफ्रिकामा कोरोनाभाइरस संक्रमण व्यवस्थापनका लागि तयारी नभएको भन्दै डब्लूएचओको चासो


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ ।

संगठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी संघका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

यद्यपि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको पुष्टि अफ्रिकी मुलुकमा इजिप्टबाहेक अन्यत्र आएको छैन । तर कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि हाम्रो चासो बढेको टेड्रसले जनाएका छन् ।

जेनेभामा एक भिडियोमार्फत अफ्रिकी संघका स्वास्थ्य मन्त्रीहरूको भेलालाई गरेको सम्बोधनमा उनले यस्तो चासो व्यक्त गरेका हुन् ।

डिसेम्बरमा चीनबाट शुरू भएको कोभिड–१९ले अहिलेसम्म दुई हजार २०० भन्दा बढी चिनियाँको ज्यान लिएको छ भने ७५ हजार ५०० मा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ ।
डब्ल्यूएचओका अनुसार अफ्रिकी क्षेत्रमा २०० भन्दा बढी संदिग्ध घटनाहरू देखिएका र यसमा अधिकांश अफ्रिकी देशहरूका नागरिक रहेको संगठनका क्षेत्रीय निर्देशक मत्शिदिसो रेबेका मोतीले जनाएका छन् ।

तर यदि कोभिड–१९ जब अफ्रिकी महाद्वीपमा फैलिन थाल्छ त्यसबेला अफ्रिकी स्वास्थ्य प्रणालीलाई पीडित बिरामीहरूको उपचार गर्न जटिल हुने डब्ल्यूएचओले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : ५९ बजे

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग

समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

कर्णाली– लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर– महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि