चीन र इटालीपछि अमेरिकामा कोरोना संक्रमित धेरै, मृतकको संख्या ३४८ पुग्यो « Khabarhub

चीन र इटालीपछि अमेरिकामा कोरोना संक्रमित धेरै, मृतकको संख्या ३४८ पुग्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीन र इटालीपछि अमेरिकामा सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ ।

संक्रमण नियन्त्रणउन्मुख रहेको चीनमा ८० हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै हाल महामारीको रुप लिइरहेको इटालीमा ५३ हजार ५७८ जनामा संक्रमण देखिएको छ ।

अमेरिकामा २६ हजार ८ सय ७८ जनामा संक्रमण देखिएको छ । थप २६ सय ७१ जनामा संक्रमण देखिएकाले संक्रमित हुनेको संख्या २६ हजार नाघेको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ । शनिबार राति थप ४६ जनाको मृत्यु भएपछि मृतकको संख्या ३ सय ४८ पुगेको हो ।

उपचारारतमध्ये ७ सय ८ जनाको अवस्था गम्भीर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म १ सय ८२ जना ठीक भएर घर फर्किएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडानहरु कटौती गरिसकिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : २३ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार