काठमाडौँ महानगरका पाँच स्थानमा वाटर एटिएम, एक रुपैयाँ दुई सय एमएल पानी « Khabarhub

काठमाडौँ महानगरका पाँच स्थानमा वाटर एटिएम, एक रुपैयाँ दुई सय एमएल पानी


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी बैशाख १ गतेबाट पहिलो चरणमा सर्वसाधारणले काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र प्रविधियुक्त एटिएम मार्फत गुणस्तरीय पानी पिउन पाउने भएका छन् ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्र भित्रका पाँच स्थानमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राख्ने विषयको सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सर्वसाधारणले यस्तो सुविधा पाउने भएका हुन् ।

राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर सुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यो सम्झौतासँगै अब महानगरवासीले प्रति २ सय एमएल पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटिएममै व्यवस्था गरेको कागजबाट निर्मित २ सय एमएलको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै रु एक लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए । उनका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्छ । यो सेवाले एक वोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउनेछ ।

सम्झौताअनुसार काठमाडौँ महानगर क्षेत्र भित्रका वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा पहिलो चरणमा वाटर एटिएम राखिनेछ ।

तीन वर्षका लागि भएको सम्झौताअनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्ने छ । महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटिएम १५ लाख ८६ हजारको लागतमा पाँच ओटा राख्ने छ ।

सम्झौतापछि सम्वोधन गर्दै प्रमुख शाक्यले सकेसम्म पाँच वटै नभए पनि कम्तीमा एउटा वाटर एटिएम वैशाख १ मा सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन निर्देशन दिए ।

‘काठमाडौँमा पानीको हाहाकार भैरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्नका लागि हामीले यो प्रयासको थालनी गरेका हौँ,’ प्रमुख शाक्यले भने ‘यो सेवालाई भोलिका दिनमा थप विस्तार गरेर ३२ वटै वडामा पुर्याउने हाम्रो लक्ष्य छ । तपाईँहरुले विश्वास दिलाए काम गर्नुभयो भने हामी आगामी दिनमा थप सहकार्य गर्न तयार छौँ ।’

मेयर शाक्यले अहिले प्रविधिको युग भएको भन्दै प्रबिधिजन्य प्रणाली जडानमा महानगरको ध्यान गएको पनि प्रष्ट पारे । ‘काठमाडौँमा यस्ता कामका लागि ठाउँ पाउन नै मुस्किल छ । ठाउँ उपलब्ध गराउनु ठूलो कुरा हो,’ उनले भने, ‘हामीले करोडौँ पर्ने ठाउँ उपलब्ध गराएका छौँ । त्यसैले ती ठाउँलाई राम्रो सदुपयोग गरेर महानगरवासीको स्वच्छ र गुणस्तरीय पानी पिउने चाहनालाई केही हदसम्म भए पनि पूरा गरिदिनुहोला ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यो सम्झौताले सर्वसाधारणदेखि विद्यार्थी र अन्यले स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने अपेक्षा गरेको बताए ।

बोर्डका कार्यकारी निर्देशक राणाले उपत्यकाका १५ स्थानमा यस्ता मिसिन राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताए । उनले थप स्थानमा पनि राख्न सकिने बताउदै अहिले हरेक वाटर एटिएममा पाँच हजार लिटरको ट््याङ्की राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिने बताए।

वाटर एटिएम मिसिनमै पनि १ हजार पाँच सय लिटरको ट्याङकि रहने उनको भनाइ छ । ‘प्रविधिसँग सामिप्यता बढाउनका लागि पनि यस्तो कार्यक्रम ल्याएका हौँ,’ उनले भने, ‘पर्यावरणीय हिसावले पनि यो उपयुक्त छ । त्यति मात्र होइन कति पानी खर्च भयो, कति पैसा उठ्यो भन्नेसम्म हामीले थाहा पाउन सकिन्छ । त्यसैले यसलाई हामीले व्यपारको भन्दा पनि सेवाको हिसावले सञ्चालनमा ल्याएका छौँ ।’ उहाँले यो सेवासँगै आफ्नो इच्छा अनुसार पानी पिउन सकिने पनि बताए।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ०६ बजे

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल