वीरगञ्जका ६७ वर्षीय व्यापारीलाई कोरोना संक्रमण नभएको पुष्टि, पटनामा उपचार हुँदै « Khabarhub

वीरगञ्जका ६७ वर्षीय व्यापारीलाई कोरोना संक्रमण नभएको पुष्टि, पटनामा उपचार हुँदै


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बीरगञ्ज – पर्साको वीरगञ्जका व्यापारीमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

अस्पतालको रिपोर्ट अनुसार ६७ वर्षीय स्थानीय व्यापारी रुङ्गटामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो ।

यसअघि पारिवारिक स्रोतले पहिलो रिपोर्टमा कोरोनाको संक्रमण देखिएको बताए पनि अस्पतालको रिपोर्ट अनुसार उनीमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको हो ।

केही दिन यता ज्वरो तथा रुघा खाेकी लागेका उनी उपचारका लागि पटना अस्पताल पुगेका थिए । मेडिकल कलेजमा गरिएको स्वाव परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो । हाल उनी पटना अस्पतालमै उपचाररत छन् ।

उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न शुरु भएको थियो ।

व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए । दुबईबाट फर्किएपछि उनलाई ज्वरो तथा रुघाखोकी देखिएपछि कोरोनाको आशंका गरिएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : १८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले