वीरगञ्जका ६७ वर्षीय व्यापारीलाई कोरोना संक्रमण नभएको पुष्टि, पटनामा उपचार हुँदै | Khabarhub Khabarhub

वीरगञ्जका ६७ वर्षीय व्यापारीलाई कोरोना संक्रमण नभएको पुष्टि, पटनामा उपचार हुँदै


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बीरगञ्ज – पर्साको वीरगञ्जका व्यापारीमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

अस्पतालको रिपोर्ट अनुसार ६७ वर्षीय स्थानीय व्यापारी रुङ्गटामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो ।

यसअघि पारिवारिक स्रोतले पहिलो रिपोर्टमा कोरोनाको संक्रमण देखिएको बताए पनि अस्पतालको रिपोर्ट अनुसार उनीमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको हो ।

केही दिन यता ज्वरो तथा रुघा खाेकी लागेका उनी उपचारका लागि पटना अस्पताल पुगेका थिए । मेडिकल कलेजमा गरिएको स्वाव परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो । हाल उनी पटना अस्पतालमै उपचाररत छन् ।

उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न शुरु भएको थियो ।

व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए । दुबईबाट फर्किएपछि उनलाई ज्वरो तथा रुघाखोकी देखिएपछि कोरोनाको आशंका गरिएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : १८ बजे

न्हेचुङमा पूर्वाधार निर्माण गर्न तीन करोड बजेट

मुस्ताङ – माथिल्लो मुस्ताङको (नेपाल—चीन) उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा

नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव

काठमाडौं – नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न