नेपालमा कोराना भाइरस संक्रमितको संख्या दुई पुग्यो « Khabarhub

नेपालमा कोराना भाइरस संक्रमितको संख्या दुई पुग्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्षमायाचनाः यो समाचार परिवार, स्थानीय राजनीतिज्ञ, नातेदारहरुको भनाई तथा अन्तर्राष्ट्रिय अनुगमन गर्ने संस्थाहरुको समेत तथ्यांकको आधारमा प्रकाशित गरिएपनि त्रुटी भएको पुष्टि भएको छ। यो समाचारका कारण पर्न गएको असरप्रति हामी क्षमाप्रार्थी छौ । – सम्पादक

काठमाडौं–विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या दुई पुगेको छ ।

आइतबार वीरगञ्जका एक ६७ वर्षीया रुङ्गटा थरका व्यापारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई पुगेको हो ।

यस अघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । चीनबाट फर्किएका ती नेपाली उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

स्थानीय व्यापारी रुङ्गटाको भने भारतस्थित पटना मेडिकल कलेजमा उपचार भइरहेको छ ।

केही दिन यता ज्वरो तथा रुघा खाेकी लागेका उनी उपचारका लागि पटना अस्पताल पुगेका थिए । उक्त मेडिकल कलेजमा गरिएको स्वाव परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न शुरु भएको थियो । व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ५० बजे

पहिरोपीडितलाई नगदसहित राहत वितरण

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका– २ बसारका पहिरोपीडितलाई गाउँपालिकाले राहत वितरण

कर्णालीको समाज सेवामा समर्पित समाजसेवी थापा

सुर्खेत : हरेक मान्छे सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन्

‘ऐना झ्यालको पुतली’ विदेशमा प्रदर्शन हुँदै

काठमाडौँ– नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना

विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित

काठमाडौँ– बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ

एमाले नेता यादवद्वारा पार्टी परित्यागको घोषणा

जनकपुरधाम– नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका