चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले छिमेकी मुलुक चीन र भारतको सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार वालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । सवै मन्त्रीहरुको एक महिनाको तबल पनि कोषमा राखिने भएको छ

प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक आइतबार मन्त्रिपरिषद्को बैठक बसेको हो।

फागुन २१ गते प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : २१ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास