चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय « Khabarhub

चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले छिमेकी मुलुक चीन र भारतको सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार वालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । सवै मन्त्रीहरुको एक महिनाको तबल पनि कोषमा राखिने भएको छ

प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक आइतबार मन्त्रिपरिषद्को बैठक बसेको हो।

फागुन २१ गते प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : २१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका