तनहुँमा बस दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

तनहुँमा बस दुर्घटना, तीन जनाको मृत्यु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा आइतबार साँझ बस दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ ।

पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले पुष्टि गरेका हुन् ।

उनका अनुसार उद्धार गरिएका १० जनामध्ये ३ जनालाई चितवनको भरतपुर अस्पताल र ७ जनाको छिम्केस्वरी अस्पताल तनहुँमै उपचार भइरहेको छ।

बससडकबाट झण्डै सय मिटर तल खसेको जनाइएको छ ।  मृतकको सनाखत हुन सकेको छैन।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ४२ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका