काठमाडौं उपत्यकामा ५ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाइने « Khabarhub

काठमाडौं उपत्यकामा ५ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाइने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकामा कम्तीमा पाँच हजार क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्कालै निर्माण गर्ने भएको छ ।

कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आज पहिलो बैठकले उक्त क्वारेन्टाइन स्थल निर्माणका लागि सम्बन्धित सबै निकाय संयुक्तरूपमा परिचालित हुने र सो स्थललाई आवश्यक पर्दा तुरुन्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय गरेको हो । उपत्यकाका होटल, विद्यालय, रङ्गशालालगायत स्थानमा त्यस्तो क्वारेन्टाइन बनाइनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा पर्यटन मन्त्रालयमा भएको बैठकले सार्वजनिक क्वारेन्टाइन स्थलसम्बन्धी मापदण्डको मस्यौदा तयार गरी आजै साँझ ६ बजेसम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधि (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने निर्णय गरेको छ ।

उक्त टोलीको प्रतिवेदन÷मस्यौदा आएपश्चात् सो बमोजिम आवश्यक पर्ने स्रोतसाधन÷बजेट व्यवस्थापन योजनासम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, शहरी विकास मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिको टोलीले सोमबार बिहान १० बजे हुने बैठकमा पेश गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले नेपाल होटल सङ्घ र होटल व्यवसायी महासङ्घसँग समन्वय गरी कम्तीमा दुई हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरुको स्थानसहितको विवरण तयार गरी भोलिको बैठकमा पेश गरिनेछ ।

काठमाडौँका प्रजिअले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ विवरण तयार गरी पेश गर्ने, शैक्षिक अगुवा संस्थाहरु निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनलगायत अगुवा शैक्षिक संस्थाको समन्वयमा कम्तीमा दुई हजार व्यक्ति क्षमताका होस्टेल÷स्कूलको स्थानसहितको विवरण तयार गरी सोमबारको बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।

त्यस्तै राष्ट्रिय खेलकूद परिषद्ले काठमाडौँ, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिनेसहित) मा क्वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमता यकिन गरी पेश गर्ने निर्णय भएको छ ।

कोभिड सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसमक्ष विभिन्न क्षमताका क्वारेन्टाइन प्रयोग गर्न सक्ने गरी तयार गर्न प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन हुन सिफारिस गरी पेश गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्णयअनुरुप प्रत्येक प्रदेशले कम्तीमा दुई हजार क्षमताका, प्रत्येक महानगरपालिकाले कम्तीमा दुई हजार क्षमताका, उपमहानगरपालिकाले कम्तीमा दुई हजार क्षमताका, सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले कम्तीमा हिमाली क्षेत्रको हकमा छ सय व्यक्ति, पहाडी क्षेत्रको हकमा एक हजार व्यक्ति र तराई क्षेत्रको हकमा दुई हजार व्यक्ति क्षमताका क्वारेन्टाइन स्थल बनाइनेछ । कार्यदलको अर्को बैठक भोलि बिहान पुनः बस्ने मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार भएको बैठकले पर्यटनमन्त्रीको संयोजकत्वमा कोभिडविरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदल बनाएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ३४ बजे

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक