सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने « Khabarhub

सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गरेको निर्णय बमोजिम भोलि (चैत १० गते सोमबार) देखि नेपालको चीन र भारत सीमा बन्द भएपनि पेट्रोलिय ढुवानी सेवा भने सञ्चालन हुने भएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको ढुवानीमा कुनै रोक नलगाइने जनाएका छन् ।

पेट्रोलियम पदार्थ सहज आपूर्ति सम्वन्धमा शीर्षकमा पौडेलले जारी गरेको सूचनामा लेखेका छन्, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ चैत्र १० देखि सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सीमाहरु तत्काल वन्द गरिने निर्णयमा मानिसहरुको आवागमनमा रोक लगाईको तर अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी सम्पू्र्ण सवैलाई सूचित गरिन्छ। साथै निगमका आ-आफ्ना क्षेत्रका कार्यलप प्रमुख तथा ढुवानी व्यावसायीहरुले स्थानिय प्रशासन तथा भंसारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारुराख्न हुन समेत जानकारी गराईन्छ।’

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ३९ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका