काठमाडौं – स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ ।
बुधबार विहान यो समाचार तयार पार्दासम्म २ लाख ४ हजार १७८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ हजार ५१४ जना उपचारपछि निको भएका छन् ।
१ लाख ३८२ जनाको उपचार भइरहेकोमा ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया