आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने « Khabarhub

आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम  रहने प्रष्ट पारेका छन् ।

यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृति खोजी गरिरहेकाहरुको हकमा मात्रै हुने ट्रम्पले बताएका छन् । अर्थात ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने छ ।

सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका राष्ट्रपति ट्रम्पले मंगलबार यसबारे अझ प्रष्ट पारेका हुन् ।

कोरोना भाइरसले रोजगारी गुमाएका अमेरिकीहरुको रोजगारी सुनिश्चित गर्नका लागि यस्तो निर्णय लिइएको उनले बताएका छन् ।

बीबीसीका अनुसार अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु हुने छैन ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ४५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित