आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने « Khabarhub

आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम  रहने प्रष्ट पारेका छन् ।

यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृति खोजी गरिरहेकाहरुको हकमा मात्रै हुने ट्रम्पले बताएका छन् । अर्थात ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने छ ।

सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका राष्ट्रपति ट्रम्पले मंगलबार यसबारे अझ प्रष्ट पारेका हुन् ।

कोरोना भाइरसले रोजगारी गुमाएका अमेरिकीहरुको रोजगारी सुनिश्चित गर्नका लागि यस्तो निर्णय लिइएको उनले बताएका छन् ।

बीबीसीका अनुसार अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु हुने छैन ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ४५ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय