जानाजान कोरोना भाइरस फैलाएको आरोपमा अमेरिकी राज्य मिजोरीबाट चीनविरुद्ध मुद्दा « Khabarhub

जानाजान कोरोना भाइरस फैलाएको आरोपमा अमेरिकी राज्य मिजोरीबाट चीनविरुद्ध मुद्दा


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – जानाजान कोरोना भाइरसको महामारी फैलाएको आरोपसहित अमेरिकाको मिजोरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ ।

विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मध्यपश्चिमी राज्य मिजोरीले चीन सरकार र त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टीविरुद्ध अमेरिकाको संघीय अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

चीन सरकारले कोरोना भाइरसको सम्भावित जोखिम र यसको संक्रामक स्वरुपबारे बेलैमा सूचित नगरेको तथा सूचना दिन खोज्नेलाई पनि रोकेकाले मुद्दा दायर गरिएको मिजोरीका महान्यायाधीवक्ता एरिक स्च्मिटले जानकारी दिएका छन् ।

दायर मुद्दामा कोभिड–१९ बाट भएको मानवीय क्षति, समस्या तथा आर्थिक संकटको क्षतिपूर्ति चीनले दिनुपर्ने माग गरीएको छ ।

मिजोरीमा कोरोना भाइरसले मंगलबारसम्म २१५ जनाको मृत्यु भइसकेको छ भने कोरोना संक्रमितको संख्या ५ हजार ९६३ पुगेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ११ : ०८ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६