जो सागमा पदक जित्दा पाएको पुरस्कारबाट मजदुरलाई सहयोग गर्न चाहन्छन् | Khabarhub Khabarhub

जो सागमा पदक जित्दा पाएको पुरस्कारबाट मजदुरलाई सहयोग गर्न चाहन्छन्


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले विश्व नोबेल कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा छ । नेपाल पनि यो महामारीको सन्त्रासबाट अलग छैन । अहिलेसम्म नेपालमा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १०० को हाराहारीमा कोरोना भाइरसको लक्षण देखिएका व्यक्ति देशका विभिन्न ठाउँमा बनाइएका आइसोलेसन वार्डमा छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न भनेर सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ । तेस्रो पटक म्याद थप भइसक्दासम्म लकडाउन जारी भएको पनि १ महिना पुगिसकेको छ ।

१ महिना लामो लकडाउनका कारण आम सर्वसाधारणको जनजीवन अस्तव्यवस्त बनेको छ । लकडाउनका कारण दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

लकडाउनका कारण प्रभावित भएकाहरुलाई दैनिक छान टार्न सजिलो होस् भनेर सरकारले नै राहात वितरण गरिरहेको छ । सरकारसँगको सहकार्यमा केही व्यक्ति पनि लकडाउन प्रभावितलाई राहात दिन सक्रिय छन् ।

नेपाली खेलाडीहरुले पनि लकडाउनले प्रभावित भएका व्यक्तिलाई राहात पुग्ने गरी प्रत्यक्ष तथा सरकारले खडा गरेको राहात कोषमा सकेको सहयोग गरिरहेका छन् । उसु खेलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक विजेता किरण साउदले पनि लकडाउनका कारण प्रभावित भएकाहरुलाई व्यक्तिगत सहयोग गर्ने घोषणा गरेका छन् ।

सरकारले केही दिन अगाडिमात्रै सागमा पुरस्कार विजेता खेलाडीलाई पुरस्कार रकम वितरण गरेको थियो । किरणले सागमा कास्य पदक वाफत ३ लाख पाएका छन् । उक्त ३ लाखमध्ये ५० हजार कोरोनाबाट प्रभावितलाई सहयोग गर्ने बताएका छन् ।

‘अहिले देश नै संकटमा रहेको छ । यस्तो अवस्थामा मैले सकेजति सहयोग गर्न खोजेको हुँ । यसमा सागको पुरस्कारवाफत पाएको ३ लाखको केही अंश कोरोना प्रभावितलाई सहयोग गर्छु,’ किरणले भने, ‘म बाहिर हिँड्न त मिल्दैन, तर कसैले मलाई समस्या प¥यो भनेर भन्नु भयो भने पक्कै सहयोग गर्ने छु ।’

नेपालमै आयोजना भएको सागमा किरणले स्वर्ण पदक जित्ने लक्ष्य लिएको थिए । तर, श्रीलंकन खेलाडीसँगको खेलमा खुट्टाको लिगामेन्ट च्यातिएपछि स्वर्ण जित्ने उनको सपना अधुरै रह्यो ।

२७ वर्षीय किरण सम्पन्न परिवारबाट होइनन् । उनी मध्यम परिवारबाट हुन् । संघर्षको चेतले नै सहयोग र सदाचारको भावना विकास भएको किरण बताउँछन् ।

‘मैले संघर्ष गर्दाको पीडा बुझेको छु । त्यसक्रममा हुने अवरोधलाई नजिकबाट देखेकाले सहयोग गर्न भावना आएको हो,’ किरण भन्छन् ।

आफू सानो हुँदा बुवाको देहवसान भएको र पछि आमा र दाजुले हुर्काएका कारण पनि आफू अहिलेका जस्ता समस्याबारे जानकार रहेको उनले बताए ।

‘म सानो हुँदा बुवा बित्नु भयो । पछि आमा र दाईले संघर्ष गरेर मलाई यहाँसम्म प¥याउनु भयो । यसबीचमा मैले पनि धेरै संघर्ष गरेको छु,’ किरणले सुनाए, ‘मेरो परिवार पनि सामान्य नै हो । दाजु भारतमा काम गर्नु हुन्छ । लकडाउनले उतै रोकिएनु भयो । घरमा आमा, भाउजु र भतिज छन् । तर, आफूले समस्या भोगेकोले होला सकेको सहयोग गर्दा आमाले पनि साथ दिनु हुन्छ ।’

सागको पुरस्कार पाउनु अगाडि पनि किरणले दुई जनालाई आर्थिक सहयोग गरिसकेको बताए । ‘मैले यसअघि पनि दुई जनालाई ५–५ हजार रुपैयाँ सहयोग गरिसकेको छु,’ किरणले भने ।

किरण समस्यामा परेका मानिसहरुलाई सहयोग गर्न धन सम्पती भन्दा पनि मन हुनु पर्ने बताउँछन् । उनले काठमाडौंमा ज्यालादारी गर्दै आएका दोलखा र बैतडीका एक–एक जनाले घरजान समस्या भएको गुनासो गरेपछि ५–५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

कञ्चनपुरको सुक्लाफाँटा नगरपालिकाका किरण उसुमा सक्रिय भएको ७ वर्ष भइसकेको छ । शुरुमा सुदूरपश्चिम प्रदेशबाट उसुका विभिन्न राष्ट्रिय प्रतियोगिता खेलेका उनी पछिल्लो ५ वर्षदेखि नेपाली सेनामा आवद्ध छन् ।

अहिले किरणसहित ३० जना लगनखेलस्थित सैनिक शारीरीक तालिम तथा खेलकुद केन्द्रमा छन् । लकडाउनका कारण समस्या परेका कुनै व्यक्तिले सम्पर्क गरे आफूले तालिम केन्द्र भित्रैबाट सहयोग गर्ने किरणले सुनाए ।

‘अहिले लकडाउनले गर्दा हामी बाहिर निस्किन मिल्दैन । कसैलाई अफ्ठ्यारो परेको छ भने मेरो मोबाइल नम्बर ९८४९९९५४४२ मा सम्पर्क गर्नुहोला,’ किरणले भने, ‘सकेको सहयोग गर्नेछु ।’

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : १० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम