कोरोनाविरुद्धको शहरी संघर्ष : लकडाउनको ३० औं दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर) « Khabarhub

कोरोनाविरुद्धको शहरी संघर्ष : लकडाउनको ३० औं दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चरणवद्ध रुपमा गरेको लकडाउनको आज ३० दिन पूरा भएको छ । यो अवधिमा पहिलो दिनदेखि आजसम्म देशको संघीय राजधानी काठमाडौं प्राय सुनसान देखियो ।

देशभर नै अत्यावश्यक काम बाहेककाे अवस्थामा सर्वसाधारणलाई घर बाहिर निस्किन दिइएको छैन । सर्वसाधारणले पनि सरकारको उक्त आदेशलाई केही हदसम्म पालना गरेको देखिन्छ ।

प्रहरीले खाद्यान्न, पानी, तरकारी बोकेका सवारी साधनलाई विना रोकतोक चल्न दिएको छ भने पास नलिई आवजजावत गरेकालाई भने केरकार गरेको छ ।

३० औं दिनसम्म पनि काठमाडौं पूर्ण रुपमा बन्द छ । औषधि पसल, फलफूल पसल र खाद्यान्न पसल भने फाटफुट खुलेका छन् । प्रायः व्यस्त रहने राजधानीका पसलहरु बन्द भएको एक महिना भइसकेको छ ।

प्रहरीले थानकोट नाका हुँदै बाहिर जाने सवारीलाई कडाइका साथ चेकिङ गरे पनि राजधानीमा भने फाटफुट सवारी पास विना पनि यताउता गरिरहेका छन् ।

राजधानीका ठूला अस्पताल, फार्मेसी र केही सुपरमार्केटबाहेक अरु बन्द छन् । हेर्नुस् तस्वीरहरुः

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : ४९ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा