लकडाउनका बेला घरघरमै निःशुल्क स्वास्थ्य सेवा « Khabarhub

लकडाउनका बेला घरघरमै निःशुल्क स्वास्थ्य सेवा


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको स्थानीय तहहरु घरघरमा पुगी निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिरहेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँगाउँमा स्वास्थ टोली परिचालन गरेको छ । हेलम्बु गाउँपालिकाभित्रका ३९ स्थानमा जम्मा ३०५ श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा राखेको यस गाउँपालिकले जनताको गाउँबस्तीमै पुगेर घुम्ती स्वास्थ्य सेवासमेत प्रदान गर्दै आएको जनाएको छ ।

कोरोनाको सङ्क्रमणका कारण सरकारले लकडाउन गरेलगत्तै बाहिरबाट हेलम्बु प्रवेश गर्ने हरेक व्यक्तिको हेलम्बु प्रवेशविन्दुमै जाँचको प्रबन्ध मिलाएको हेलम्बुले अहिले काठमाडौंलगायत विभिन्न अस्पतालमा उपचार गरी फर्केका व्यक्तिलाई समेत अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

अध्यक्ष शेर्पाका अनुसार विभिन्न अस्पतालबाट फर्केका मानिसमा अनेक रोगका सङ्क्रमण हुनसक्ने र त्यस्ता सङ्क्रमण गाउँबस्तीमा फैलन सक्ने हुँदा आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै यस्तो तयारी गरिएको हो । हेलम्बु मात्र नभइ हरेक स्थानीय तहले यस्तो व्यवस्थापन गर्नुपर्ने अध्यक्ष शेर्पाको जोड छ ।

स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीका अलावा अन्य स्थानीय दुई चिकित्सकलाई गाउँपालिकामा नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण तथा आवश्यक सल्लाह सुझाव, सामग्री उपलब्ध गराउने कार्यमा अध्यक्ष शेर्पा आफैँ लागेका छन् भने उपाध्यक्षलगायत सबै जनप्रतिनिधि जनताको स्वास्थका लागी सक्रिय भएर लागिरहेका छन् । हेलम्बुका हरेक गाउँबस्तीका नागरिकको घरमै पुगेका शेर्पा भन्छन्, ‘गाउँपालिकाभित्रका कुनै पनि बिरामी अहिलेको अवस्थामा उपचारका लागि काठमाडौं लानु नपर्ने गरी काम गरिरहेका छौँ ।’ सरकारले निःशुल्क वितरण गर्दै आएको बाहेकका औषधिसमेत हेलम्बु गाउँपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

यसैबीच मेलम्ची नगरपालिका ईन्द्रवती गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि नागरिकको घरघरमा पुगेर स्वास्थय जाँच गरिरहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले वडावडाबाट दीर्घरोगीको विवरण लिने क्रम सकिएको र अब औषधि खरिद गरी वडामार्फत घरघरमा पुर्‍याइने जानकारी दिए । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले यसअघि नै दीर्घरोगीलाई औषधि वितरण गरिरहेको र थाहा नभएकालाई सूचना जारी गरी वडामार्फत विवरण सङ्कलन गरिरहेको जानकारी दिए ।

यता ईन्द्रवती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले गाउँगाउँमा पुगी स्वास्थ्य जाँच गरी औषधि वितरण गरिरहेको बताए । साथै उनले अक्सिजनलगायत अत्यावश्यक औषधि गाउँपालिकाको स्वास्थ्य केन्द्रका मौज्दात राखेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : १६ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा