कोरोना भाइरस महामारीको चपेटामा परेको अमेरिकामा भूकम्प गएपछि… « Khabarhub

कोरोना भाइरस महामारीको चपेटामा परेको अमेरिकामा भूकम्प गएपछि…


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट आक्रान्त अमेरिकामा भूकम्प गएपछि स्थानीय त्रसित बनेका छन् ।

अमेरिकाको दक्षिणी ईलाकामा भूकम्पको झड्का महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । दक्षिणी क्यालिफोर्निया र त्यसको आसपासका क्षेत्रहरुमा स्थानीय समयअनुसार मंगलबार राति १२ बजेर ३ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरिएको छ ।

युएसजीएसका अनुसार भ्यु पार्क विन्सर हिल्सको दक्षिणी क्षेत्रभन्दा एक मील दूरी टाढाको क्षेत्रमा भूकम्प गएको हो । भूकम्पले कुनै क्षति नगरेको बताइएको छ ।

सन् १९९३ मा पनि त्यहाँ ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । दक्षिणी क्यालिफोर्नियामा भूकम्पको धक्का महशुस गरिएको थियो ।

टोरेन्सको दक्षिणी खाडीमा भूकम्प गएपछि मानिसहरु घर बाहिरको सडकमा निस्किएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ५० बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर