अमेरिकामा कोरोनाको दोस्रो लहर झनै खतरनाक हुने विज्ञको चेतावनी « Khabarhub

अमेरिकामा कोरोनाको दोस्रो लहर झनै खतरनाक हुने विज्ञको चेतावनी


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाका एकजना वरिष्ठ विज्ञले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर झनै खतरनाक हुनसक्ने चेतावनी दिएका छन् ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडिसीका निर्देशक रोबर्ट रेडफिल्डले आगामी जाडो महिनामा साधारण फ्लु को यामसँगसँगै कोरोनाभाइरसको दोस्रो लहरको सङ्क्रमण हुनसक्ने चेतावनी दिए ।

अमेरिकाका कैयन् राज्यहरूले अर्थतन्त्र पुन: खुला गर्ने तयारी गरिरहँदा उनले दोस्रो लहरको सङ्क्रमण साधारण फ्लु फैलने मौसममा हुनसक्ने भएकाले त्यसले दोहोरो चाप पार्न सक्ने बताएकोको बीबीसीले उल्लेख गरेको छ ।

स्वासप्रस्वाससम्बन्धी दुई थरी प्रकोप एकसाथ आइपरेमा त्यसले अमेरिकी स्वास्थ्यसेवा प्रणालीमा अकल्पनीय भार पर्ने उनले बताए ।

उनले आउने महिनाहरूमा त्यस्तो अवस्थासँग जुझ्ने गरि तयारी थालिनुपर्ने र सामाजिक दूरी कायर राखिराख्नुपर्ने उनको भनाइ छ ।

अमेरिकामा ८ लाख १९ हजार भन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भएका छन् भने ४५ हजार ३ सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

कोरोनाका कारण विश्वभर २५ लाख ८० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । त्यस्तै १ लाख ७९ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ११ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को