प्रहरीलाई म्यासेन्जर, भाइबरलगायत ग्रुपमा नजोडिन निर्देशन « Khabarhub

प्रहरीलाई म्यासेन्जर, भाइबरलगायत ग्रुपमा नजोडिन निर्देशन


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकारीहरुलाई सामाजिक सञ्जालका ग्रुपहरुमा नजोडिन र जोडिएको भए तत्काल हट्न निर्देशन दिएको छ ।

प्रचलित नियम कानुनविपरित प्रहरी अधिकारीहरु सामाजिक सञ्जालका म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत ग्रुपहरुमा जोडिएको भन्दै तत्काल त्यहाँबाट हट्न हेडक्वार्टरले निर्देशन दिएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीद्वारा जारी विज्ञप्तिमा प्रहरी कर्मचारीबाट संगठनप्रति नै नकारात्मक सन्देश एवंम टिका टिप्पणी प्रवाह हुने गरेको पाइएकाले त्यस्ता ग्रुपबाट हट्न निर्देशन दिइएको छ ।

फेसबुक, भाइबर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा प्रहरी संगठनविरुद्ध नकारात्मक टिकाटिप्पणी गर्ने गरि बनाइएका ग्रुपहरुमा जोडिएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत हेडक्वार्टरले दिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १० : ०२ बजे

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको