साउदी अरबमा १३ सय ६४ नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

साउदी अरबमा १३ सय ६४ नेपालीलाई कोरोना भाइरसको संक्रमण


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरबमा १ हजार ३६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, जेद्दा क्षेत्रमा १७६, मक्का आसपासको क्षेत्रमा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा संक्रमण देखिएको छ ।

यसअतिरिक्त कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली सङ्क्रमित भएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य परीक्षण गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमणले समस्यामा परेका नेपालीहरूको विवरण संकलनका लागि दूतावासले जेठ १ गतेदेखि अनलाइन फारम पनि सार्वजनिक गरेको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबमा बिहीबार सम्म ६५ हजार ७७ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ७ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल