नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५०७ पुगे « Khabarhub

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५०७ पुगे


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो अध्यावधिक विवरण अनुसार समय थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता डा देवकोटाका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३ पुरुषहरु रहेका छन् । उनीहरु क्रमश १९,२३ र २६ वर्षका रहेका छन् । उनीहरु ३ जना नै सरस्वती माविको क्वारेन्टाइमा रहेका व्यक्ति भएको मन्त्रालयले जनाएको छ ।

यस्तै डडेल्धुराका २८ वर्षीया एक जना पुरुष रहेका छन् । उनी परशुराम १० का व्यक्ति हुन् । उनी डडेल्धुरा अस्पतालमा उपचार छन् ।

यस्तै बैतडी जिल्लाका एक जना २२ वर्षीया पुरुष रहेका छन् । उनको बैतडी अस्पतालबाट नमूना संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।

यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगञ्जका १४ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । उनीहरु १० देखि ६१ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।  यस्तै   मोरङका ४१ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितमध्ये ४ सय ३३ जना पुरुष र ७४ महिला रहेका छन् । हालसम्म कोरोना संक्रमित जिल्लाहरु ४० पुगेको छ ।

यस्तै प्रदेशगत विवरणका अनुसार प्रदेश १ मा ८५ जना, प्रदेश २ मा १ सय ५१, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २ सय २७, कर्णाली प्रदेशमा एक जना र सुदुरपश्तिम प्रदेशमा १० जना गरी ५ सय ७ जना रहेका छन्।

ती मध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज मात्र बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ४ : ३३ बजे

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार

एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन

काठमाडौँ– नेकपा एमालेले विधान संशोधनको प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको