पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना « Khabarhub

पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- पाकिस्तानको कराँचीमा  विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको जनाइएको छ ।

कराची एअरपोर्टमा अवतरण गर्नुअघि विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । पाकिस्तानको राष्ट्रिय एअरलाइन्स कम्पनी ‘पीआईए’को विमान दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा कालो धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।

दुर्घटनामा परेकाहरुको स्थितिबारे कुनै सूचना सार्वजनिक गरिएको छैन । विमानमा ९९ जना यात्री र चालकदलका आठ सदस्य रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार दिउँसो लाहोरबाट उडान भरेको एअरबस ‘ए–३२० पीके ८३०३’ अवतरणअघि एअरपोर्टनजिक एक ‘मोडल कोलोनी’मा खसेको जनाइएको छ ।

कोलनीका केही घरहरुमा समेत आगलागी भएको छ । केही सवारी–साधनहरु पनि जलेको देखिएको छ । विमानमा सवारहरुको जीवितै उद्धारको सम्भावना कम भएको पनि बताइएको छ । त्यसैगरी, घरका केही मानिससमेत हताहती भएको हुनसक्ने बीबीसीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ४ : ५७ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग