पहिरोले थुनिएर अरुण नदीमा ताल बनेपछि… « Khabarhub

पहिरोले थुनिएर अरुण नदीमा ताल बनेपछि…


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- लगातरको वर्षासँगै गएको पहिरोले अरुण नदी थुनिएर ताल बनेको छ ।

मकालु गाउँपालिका २ र ५ नम्बर वडा क्षेत्रमा पहिरो गएपछि अरुण नदी थुनिएर ताल बनेको हो । आइतबार बिहान साढे ९ बजे गएको पहिरोका कारण तालबनेपछि नदी किनाराको एक परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।

पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएका छन्। ५ सय मिटरमाथिबाट खसेको पहिरोले अरुण नदी थुनिएर जमेको पानी क्रमशः खुल्दै गएपछि तटीय क्षेत्रमा जोखिम कम हुँदै गएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए।

पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको प्रहरीले जनाएको छ । पहिरोले थुनिएको नदी खुल्न थालेपछि तटीय क्षेत्रको जोमिख टरेको प्रहरी प्रमुख डिएसपी मल्लले बताए ।

आइतबार बिहान मकालु गाउँपालिका–२ र ५ को बीचमा पर्ने कास्वा र अरुण नदी मिसिने ओयाङस्थित दोभानमा पहिरो खसेर नदी थुनिएको थियो।

पहिरोले नदी थुनिएर ताल बनेपछि संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय प्रशासनले तटीय क्षेत्रका बस्तीमा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको थियो।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : २३ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि