पहिरोले थुनिएर अरुण नदीमा ताल बनेपछि... | Khabarhub Khabarhub

पहिरोले थुनिएर अरुण नदीमा ताल बनेपछि…


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- लगातरको वर्षासँगै गएको पहिरोले अरुण नदी थुनिएर ताल बनेको छ ।

मकालु गाउँपालिका २ र ५ नम्बर वडा क्षेत्रमा पहिरो गएपछि अरुण नदी थुनिएर ताल बनेको हो । आइतबार बिहान साढे ९ बजे गएको पहिरोका कारण तालबनेपछि नदी किनाराको एक परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।

पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएका छन्। ५ सय मिटरमाथिबाट खसेको पहिरोले अरुण नदी थुनिएर जमेको पानी क्रमशः खुल्दै गएपछि तटीय क्षेत्रमा जोखिम कम हुँदै गएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए।

पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको प्रहरीले जनाएको छ । पहिरोले थुनिएको नदी खुल्न थालेपछि तटीय क्षेत्रको जोमिख टरेको प्रहरी प्रमुख डिएसपी मल्लले बताए ।

आइतबार बिहान मकालु गाउँपालिका–२ र ५ को बीचमा पर्ने कास्वा र अरुण नदी मिसिने ओयाङस्थित दोभानमा पहिरो खसेर नदी थुनिएको थियो।

पहिरोले नदी थुनिएर ताल बनेपछि संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय प्रशासनले तटीय क्षेत्रका बस्तीमा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको थियो।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : २३ बजे

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी