घरमा रोप्नुहोस् सकारात्मक उर्जा प्राप्त हुने यी ५ वनस्पति « Khabarhub

घरमा रोप्नुहोस् सकारात्मक उर्जा प्राप्त हुने यी ५ वनस्पति


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैको चाहना हुन्छ, आफ्नो घर हर सुख सुविधाबाट सम्पन्न होस् ।

त्यसैले मानिसले घर बनाउँदा धार्मिक, वास्तुलगायतका अन्य निमयको पालना गरेर घर बनाउछन् ।

यति मात्रले पनि घरको बसाई सौहाद्रपूर्ण नहुन सक्छ । घरमा सकारात्मक ऊर्जाको आवश्यकता हुन्छ ।

अर्थात घरमा पोजेटिभ इनर्जीको माहौल हुनु पर्दछ । यसका लागी हामीले मात्र केहि बिरुवा रोपेमा सकारात्मक माहौल बन्न सक्छ ।

तुलसी
धार्मिक मात्र नभई स्वास्थ्यका दृष्टिमा समेत गुणकारी मानिएको तुलसीको बिरुवाले सकारात्मक उर्जा बनाउने गर्दछ । घरमा तुलसीको बिरुवा हुनाले यसले नकारात्मक उर्जा खिचेर सकारात्मक उर्जा बनाउने गर्दछ ।

मेहन्दी
सकारात्मक ऊर्जाका लागि मानिसको शरीर तथा मन सहि हुन अत्यन्त आवश्यक हुन्छ ।

तसर्थ शरीर र मनको थकान भगाउन मेहन्दी निकै फाइदाजनक मानिन्छ । घरमा मेहन्दीको बिरुवा रोपेमा अनिन्द्राको समस्या समेत दुर हुने मान्यता छ ।

मनि प्लान्ट
अधिकाशं मानिसले नजानेरै मनिप्लान्ट रोपेका हुन्छन् । तर मनिप्लान्टले घरको वातावरणमा सकारात्मक उर्जा बढाउनुका साथै खुसी र सम्पन्नता भर्ने विश्वास गरिन्छ । घरमा यो बिरुवा रोपेमा यसले नकारात्मकता समेत निकाल्ने विश्वास गरिन्छ ।

घ्यूकुमारी
स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी मानिने घ्यु कुमारीलाई शरीरको सुन्दरता विकासमा महत्वपुर्ण मानिन्छ । तर यस अलावा घरमा घ्यु कुमारी रोपेमा यसले घरको नकारात्मक उर्जा हटाउने र सकारात्मक उर्जा भर्ने मान्यता छ ।

बाँस
बाँसको अर्थ बाहिर जंगल वा खेती गरिने बाँस होइन यो सानो गमलामा रोपिने बेम्बो ट्री हो । यदि घरमा बेम्बो ट्रि रोपिएको छ भने यसले भाग्य तथा प्रेमयुक्त घर बनाउने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १२ : ३५ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि