लेखा समितिमा सांसदको प्रश्न- स्वास्थ्य सामग्री खरिदको ठेक्का रातारात ओम्‍नीलाई किन ? « Khabarhub

लेखा समितिमा सांसदको प्रश्न- स्वास्थ्य सामग्री खरिदको ठेक्का रातारात ओम्‍नीलाई किन ?


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई देखाएको हतारले अनियमितता भएको आशंका जन्माएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनीहरुले ओम्नीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिनका लागि चैत १२ गते भएका बैठकका श्रृंखलाले अनियमितताको आशंका जन्माएको धारणा राखेका हुन् ।

रातारात ओम्नी समूहलाइ नै किन स्वास्थ्य सामग्री खरिद गर्न दिइयो भन्दै उनीहरुले प्रश्न समेत गरेका थिए ।

छलफलमा नेकपाका सांसद बिरोध खतिवडाले १२ गते रातीभर बैठक बसेर ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिद गर्न दिनुले आशंका उब्जिएको बताए ।

त्यस्तै कांग्रेस सांसद डा मिनेन्द्र रिजालले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूह दिने बिषयमा चित्तबुझ्दो जवाफ आउन नसकेको बताए । उनले प्रारम्भिक छलफलमा नै सहभागी नभएकालाई ठेक्का दिएको विषय सन्देशपूर्ण रहेको धारणा राखे ।

जनता समाजवादीका सांसद प्रदिप यादवले स्वास्थ्य सामग्री खरिदमा सार्वजनिक खरिद प्रणालीको धज्जी उडाएको र यसमा मन्त्रीसम्मको संलग्नता रहेको देखिएको बताए ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले प्रदेश र स्थानीय तहहरूलाई विनियोजन गरेकोबारे जानकारी दिएका थिए ।

बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमन सिंहले आफूहरु भर्खरमात्र जिम्मेवारी सम्हालेकाले धेरै जानकारी नभएको जवाफ दिएका थिए ।

समितिले चैत दोस्रो सातामा भएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ओम्नी समूहले खरिद गरेको सामग्रीमा अनियमितता भएको भन्ने सार्वजनिक भएको विषयमा सरोकारवाला अधिकारीहरुसग छलफल गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी समूहसँग सामान खरिद गर्दा स्वास्थ्य विभागका महानिर्देशकलाई बाइपास गरेर सम्झौता गरेको थियो ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै चर्को विरोध भएपछि सरकारले चैत २० गते ओम्नीसँग गरेको सम्झौता रद्द गरेको थियो । त्यसपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

सोमवारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका सचिव र स्वास्थ्य विभागमा महानिर्देशकलाई समितिमा बोलाइएको थियो ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ५६ बजे

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा