पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या तीन पुग्यो « Khabarhub

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या तीन पुग्यो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा-  पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि सोमबार अपराह्न गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  तानसेन–रिडी खण्ड अन्तर्गत बन्दीपोखरा सम्मोबारीमा गएको पहिरोमा चार वटा सवारी साधन बगाएको छ ।

पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको थियो भने एक जनाको एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले पुष्टि गरे ।

उनका अनुसार मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । शवलाई पाल्पा अस्पतालमा ल्याइउको छ ।  प्रहरीका अनुसार मिसन अस्पतालमा निधन भएकाको पनि शव पाल्पा अस्पताल ल्याइएको छ ।

लगातारको वर्षाले सोमबार बिहानैदेखि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको थियो । डोजरले पहिरो पन्छाई रहँदा पश्चिमतर्फ जाने पर्खाइमा रहेका सवारी साधनलाई पहिरोले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोमा रोकि राखेको ट्रक, ठूलो पानी ट्याङकर, एक बोलेरो , एक कार पुरिएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : २६ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको