पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या तीन पुग्यो « Khabarhub

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या तीन पुग्यो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा-  पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि सोमबार अपराह्न गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  तानसेन–रिडी खण्ड अन्तर्गत बन्दीपोखरा सम्मोबारीमा गएको पहिरोमा चार वटा सवारी साधन बगाएको छ ।

पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको थियो भने एक जनाको एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले पुष्टि गरे ।

उनका अनुसार मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । शवलाई पाल्पा अस्पतालमा ल्याइउको छ ।  प्रहरीका अनुसार मिसन अस्पतालमा निधन भएकाको पनि शव पाल्पा अस्पताल ल्याइएको छ ।

लगातारको वर्षाले सोमबार बिहानैदेखि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको थियो । डोजरले पहिरो पन्छाई रहँदा पश्चिमतर्फ जाने पर्खाइमा रहेका सवारी साधनलाई पहिरोले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोमा रोकि राखेको ट्रक, ठूलो पानी ट्याङकर, एक बोलेरो , एक कार पुरिएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : २६ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा