लकडाउन अन्त्य सरकारको अपरिपक्व निर्णय : डा. पाण्डे « Khabarhub

लकडाउन अन्त्य सरकारको अपरिपक्व निर्णय : डा. पाण्डे


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले सरकाले हटाएको लकडाउन अपरिपक्व निर्णय भएको जनाएका छन् ।

कोरोना संक्रमणको समुदायमा व्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व भएको उनले बताए ।

ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउने भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

देशका करिव ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसँग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण भएको उनको तर्क छ ।

परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको व्यवस्थापन गर्नुपर्नेमा विज्ञसंग पर्याप्त छलफल नगरि लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर रहेको उनले बताएका छन् ।

सिमाना प्रभावकारी ढंगले शिल नगर्ने हो भने भारतबाट धेरै संक्रमित नेपाल प्रवेश गर्ने खतरा विद्यमान रहेको उनको भनाइ छ ।

हामी आम नागरिकले सकभर घरमै बस्ने, घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाउने, भीडभाडमा नजाने, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दूरी कायम गर्ने, आवश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्ने, भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका सुझाव दिएका छन् ।

चैत ११ गतेदेखि जारी लकडाउन सरकारले मंगलबार रातिबाट लागू हुनेगरी अन्त्य गरेको हो।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : १२ बजे

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड