कोरोनाविरुद्धको खोपका सूचना चोर्न चीनले ह्याकर खटाएको अमेरिकाको आरोप « Khabarhub

कोरोनाविरुद्धको खोपका सूचना चोर्न चीनले ह्याकर खटाएको अमेरिकाको आरोप


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले सूचना चोर्नका लागि ह्याकरहरू खटाएको अमेरिकाले आरोप लगाएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको विकासमा खटिएका ल्याबमाथिका सूचना चोर्न चीनले ह्याकरहरू नै नियुक्त गरेको अमेरिकाको न्याय विभागले आरोप लगाएको छ ।

सोही आरोपमा अमेरिकी न्याय विभागले दुई चिनियाँ नागरिकमाथि अभियोग दर्ता गरेका छन् ।

कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरुमाथि निगरानी गरेको अभियोगमा लि सिओयु र दोङ्ग जिझी नाम गरेका दुई जनालाई मुद्दा दायर गरिएको हो । उनीहरू इलेक्ट्रिकल इन्जिनियरिङ्गका पूर्वविद्यार्थी रहेको खुलेको छ ।

उनीहरुले चीनको सरकारी एजेन्टबाट सहयोग प्राप्त गरेकोसमेत अमेरिकी दाबी छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ०९ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते