चियामा फेरि विवाद : उद्योगीको छवि गिराएको आरोप « Khabarhub

चियामा फेरि विवाद : उद्योगीको छवि गिराएको आरोप


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- ‘सदावाहर’जस्तो चलिरहने चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसान–उद्योगी विवाद साम्य हुन नपाउँदै यहाँस्थित सूर्योदय नगरपालिकामा अर्को विवाद चर्केको छ ।

केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया शाखा सचिवालय संयोजक देवेन्द्र शर्मा, चिया तथा कफी बोर्डका प्रमुखसहितको टाली उद्योगमा पुगेर अनुगमन गरेपछि विवाद बाहिरिएको हो । नगरपालिकाले बनाएको दुई वर्षअघिको चिया मापदण्ड कार्यान्वयन भएको/नभएको बुझ्न उद्योग गएको अनुगमन टोलीले आफूहरूको आँच आउने काम गरेको भन्दै उद्योगीले आपत्ति जनाएका छन् ।

नगरपालिकाको कार्यविधिमा किसानको हरियो चियापत्तीको मूल्य प्रति किलो रु ४० न्यूनतम दिनुपर्ने प्रावधान कार्यान्वयनमा आएको/नआएको जानकारी लिन अनुगमन गरिएको थियो तर, न्यूनतम मापदण्ड पूरा नभएको भन्दै नगरपालिकाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उद्योगीले आफूहरूको इज्जतमाथि आँच आउने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उद्योगीको सङ्गठन सूर्योदय टी प्रोडक्सन एशोसिएशनले विज्ञप्ति निकाल्दै अनुगमनका क्रममा उद्योगी, मजदूर र किसानबीच ‘असामान्य परिस्थिति सिर्जना गरेको’ बताइएको छ । “उद्योग परिसरमा किसान, मजदूर भेला गराई नगरपालिकाले अभद्र व्यवहार गरेको”, एशोसिएशनबाट निकालिएको विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाले भने एशोसिएशनमार्फत सञ्चालित उद्योगले मापदण्डअनुसार काम नगरेको र त्यसबारेमा आफूहरूले सचेतना जगाइएको बताएको छ । नगरपालिकाले बनाएको मापदण्ड उद्योगले कार्यान्वयन नगराएको भन्दै किसानले आन्दोलन गर्दै आएका थिए । उद्योगीले विभिन्न बाहनामा किसानको चियाको मूल्य ‘अत्यन्तै कम्ती’ दिने गरेको किसानले बताएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका