क्रिएशन र कोका-कोलाद्वारा ३२०० बढी सफाईकर्मीहरुलाई सहयोग « Khabarhub

क्रिएशन र कोका-कोलाद्वारा ३२०० बढी सफाईकर्मीहरुलाई सहयोग


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिएशनको पहल र द कोका-कोला नेपालको समर्थनमा कोभिड-१९ महामारीमा पनि अग्रपंतिमा खटिएका सफाईकर्मीहरुको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्दै ३२०० सफाईकर्मीहरुलाई राशन र सुरक्षा सामग्री प्रदान गर्ने लक्ष्य सफलतापूर्वक सम्पन्न गरिएको छ ।

जसअन्तर्गत देशभरका ३२१२ सफाईकर्मीलाई सुरक्षा सामग्री, राशन प्याकेज प्रदान गर्दैक सुरक्षा जागरुकता कार्यक्रम संचालन गरिएको हो ।

कोभिड-१९ महामारीमा अग्रपतिंमा खटिएका सफाईकर्मीहरुलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न प्रतिकृयाको रुपमा क्रिएशन र कोका-कोला नेपालको संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट शुरु गरिएको हो ।

यसअन्तर्गत अन्तिम चरणको वितरण कार्यक्रम सिराहमा सम्पन्न भएका छ । जहाँ ३७० सफाईकर्मीलाई गुणस्तरीय राशनको ३०० प्याकेज, औषधी, जागरुकता सामग्री र ग्लभ्स,बुट, पीपीई लगायत सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो ।

राहत वितरणका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता जागरुकता समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रम सो क्षेत्रका स्थानीय सरकारी अधिकारीहरुको उपस्थितिमा आयोजना गरिएको थियो ।

यसबाहेक, टोलीले भक्तपुर अस्पतालको आइशोलेशन वार्डमा कार्यरत सफाईकर्मीका लागि अस्पताल जागरुकता सत्र आयोजना गरेको छ । उक्त जागरुकता सत्र टोलीका चिकित्सा अधिकारी डा.निमेश खनालको नेतृत्वमा ३० भन्दा सफाईकर्मीहरुलाई प्रदान गरिएको थियो ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट गत हप्ता सम्पन्न भएको हो जसअन्तर्गत सफलतापूर्वक ६४ वटा राहत वितरण कार्यक्रम आयोजना गरिएको छ भने ३२१२ जना सफाईकर्मीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

यस अवधिमा, हरेक परिवारका ५ जना सदस्यलाई १ महिना सम्मका लागि पुग्ने राशन वितरण गरिएको थियो । यसका साथै ७७० सुरक्षा सामग्री वितरण गर्नुका साथ जागरुकता कार्यक्रम र चिकित्सा परामर्श प्रदान गरिएको थियो ।

यस परियोजनाको लक्ष्य कोभिड-१९ महामारी विरुद्ध लड्ने र नेपालभरका ३२०० सफाईकर्मीलाई सकारात्मक लाभ प्रदान गर्ने रहेको थियो ।

परियोजना अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पर्सा, सप्तरी र सिराह जिल्लामा वितरण कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त टोली हाल अनुगमन र परियोजना कार्यान्वयनको प्रभावहरु र यस परियोजनाबाट कति लाभार्थीहरु लाभान्वित भए भन्ने बुझ्न लागी परेको छ ।

जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, “कोभिड-१९ को प्रतिकृयाका रुपमा शुरु गरिएको सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट महामारीको समयमा सफाईकर्मीहरुको योगदानलाई कदर र सम्मान गर्न महत्वपूर्ण पहल थियो । सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टमार्फत सम्पन्न भएपनि उनीहरुको सुरक्षा र भलाईका लागि हाम्रो प्रयास जारी रहनेछ ।”

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने , “क्रिएशनसंगको यो पहल कोका-कोला नेपालको कोभिड विरुद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रतिबद्धताको एक हिस्सा हो । हामी खुशी छौं कि हामीले ३२०० सफाईकर्मीमाँझ पुग्ने प्रतिबद्धता पूरा गरेका छौं र हामी आशा गर्दछौं कि हाम्रो राहत प्रयासले यस कठिन समयमा उनीहरुलाई सहयोग गरेको छ । उनीहरुले हाम्रो र वातावरणको सेवाका लागि गरेका सम्पूर्ण कामप्रति हामी आभारी छौं ।”

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ५१ बजे

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

काठमाडौं– नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण

फर्कियो रविको हराएको फेसबुक पेज, ह्याकरले आक्रमण गरेको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गायब